अमिताभ बच्चन अस्पताल भर्ना


 


नयाँ दिल्ली । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् ।

८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । उनको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।

बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका उनको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको खबर सार्वजनिक भएको छ । तर उनको अवस्था स्थिर रहेको बताइएको छ । केही दिन अघि उनको खुट्टामा चोट लागेको थियो ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्