गायक रवि ओड अब नायक बन्दै, ‘द्रोपदी’बाट डेब्यु


 


काठमाडौँ, चैत ३ । नेपाल आइडल सिजन २ विजेता गायक रवि ओड फिल्ममा डेब्यु गर्ने भएका छन् ।

उनी ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘द्रौपदी’बाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।

फिल्ममा सङ्गीत समेत ओडको रहनेछ । फिल्मको आगामी बिहीबार डोल्पाबाट छायाङ्कन सुरु भएको छ ।

फिल्ममा रविको अलावा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ९सुवास०, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । फिल्मको सम्पूर्ण छायाङ्कन डोल्पामै गरिने बताइएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्