षडानन्द प्रतिष्ठानको अध्यक्षमा कुुसम



काठमाडाैं, पुस १६

विसं १९३२ मा भोजपुर दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला, मठमन्दिर, गुठीलाई सहयोग गर्न गठित आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिष्ठानको आज राजधानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा विष्णुराज कुसम, उपाध्यक्षमा प्रा चेतोनाथ गौतम, सचिवमा प्रा लालानाथ सुवेदी, सहसचिवमा निर्मला पोखरेल, कोषाध्यक्षमा आत्मेश्वमर चापागाईं तथा सदस्यहरुमा प्रा डा हेमाङ्गराज अधिकारी, रामप्रसाद राई, रवीन्द्र अधिकारी र पुष्प बस्नेत निर्वाचित हुनुभएको छ ।

विद्यालय र मठ मन्दिरको स्थापना र सञ्चालनका लागि गुठीको व्यवस्था गरी शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार, पर्यावरण संरक्षण, आबाल ब्रह्मचारी षडानन्दको कृति र कीर्तिलाई चिरस्थायी बनाउने उद्देश्यले २०६४ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।

नवनिर्वाचित समितिले षडानन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माणको अगुवाइ गर्ने, षडानन्दसम्बन्धी थप सामग्रीको प्रकाशन गरी प्रचारप्रसार गर्ने र नियमित कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको सचिव सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News