महजोडी सम्मानित


 



झापा, ७ चैत । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ ।

विर्तामोडमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले उहाँहरुलाई नगद रु एक लाख ११ हजार एक सय ११ सहित सम्मान गरेको हो । उहाँहरुलाई भारतीय नाट्यकर्मी सिके श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व हरिबंश आचार्यले राजनीतिलाई नजिकबाट चिने पनि आफूहरु प्रशिक्षित नभई गीतसङ्गीतका माध्यमबाटै मुलुकमा आमूल परिवर्तनका लागि लागिरहेको बताउनुभयो ।

“हामी राजनीति र राजनीति गर्ने व्यक्तिलाई नजिकबाट चिन्छौँ । तर हामी राजनीतिबाट प्रशिक्षित हुँदैनौँ”, उहाँले भन्नुभयो, “कलासंस्कृति, गीत र सङ्गीतबाट पनि मुलुक परिवर्तन ल्याउन ठूलो योगदान पु¥याएका छौँ ।”नाट्यकर्मी श्रेष्ठल भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताउनुभयो । उहाँले नेपाल र नेपालीले प्रगति गर्दा अरु देशमा रहेका आम नेपाली भाषीले गौरव गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार आमा पूर्ण कुमारीको स्मृतिमासमेत स्थापना गरेको पूर्ण टुङ्ग अक्षयकोषमार्फत महजोडीलाई सम्मान गरेको बताउनुभयो ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्