सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान


 


काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् ।

उनले यस वर्ष चीनले राखेको करिब पाँच प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको लक्ष्य वैश्विक अर्थतन्त्रका लागि सकारात्मक खबर भएको बताए । यस वर्षको प्रारम्भदेखि चीनको अर्थतन्त्र लगातार सुधार भइरहेको, राम्रो सुरुआत हासिल गरिरहेको र वर्षको आर्थिक तथा सामाजिक लक्ष्यहरू पूरा गर्न ठोस आधार तयार गरिरहेको उनको भनाइ थियो ।

दीर्घकालीनरूपमा चिनियाँ अर्थतन्त्रको संस्थान, बजार, उद्योग, मानव संसाधन र नवप्रवर्तनमा फाइदा छन् भन्दै प्रधानमन्त्री लीले दीर्घकालीन बलियो विकासको आधारभूत सिद्धान्त परिवर्तन नभएको र नहुने बताए ।

उनले चीनसँग दिगो अर्थतन्त्र र सुदृढ विकास कायम राख्ने आत्मविश्वास तथा क्षमता रहेको बताए । मुलुकलाई दृढताका साथ उच्चस्तरको खुलापनलाई निरन्तरता दिने र सबै पक्षसँग पारस्परिक लाभ र जित–जितको नतिजालाई राम्रोसँग प्रवर्द्धन गर्ने उनले बताए ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्