भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, ठूलो धनजनको क्षति


 


एजेन्सी । भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ ।

असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको हो ।

पश्चिम बंगालको जलपाईगुडीमा ५ जनाको मृत्यु भएको छ भने करिब पाँच सय जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

जसमध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गुवाहाटी विमानस्थलको छानाको एक भाग भत्किएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्