टिकटकले दियो केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण


 


नैरोबी । विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ ।

अफ्रिकाका लागि सरकारी तथा सार्वजनिक नीति निर्देशक फच्र्युन एमजिविलि सिवान्दाले यस तालिममा केन्याका विद्यार्थी, अभिभावक र शिक्षक लगायत मानिसको सहभागी रहेको जानकारी गराएको छ । केन्याको सुरक्षाप्रति हाम्रो प्रतिबद्धता रहेको र यसले डिजिटल सुरक्षामा राष्ट्रव्यापी पहुँच सुनिश्चित गर्न लक्ष्य राखेका उहाँले बताउनुभयो ।

यस अभियानले विभिन्न सरोकारवालालाई बोर्डमा ल्याउन र विश्वव्यापी युवा परिषद् गठन गरेर युवाहरूको आवाजलाई प्राथमिकता दिन सहयोग पुर्याउने छ ।

भमिनेन्टका प्रमुख कार्यकारी अधिकृत भेलिन क्यासिनाले टिकटकसँगको साझेदारीले समुदायको लागि विश्वास, आनन्द र डिजिटल इकोसिस्टम तर्फ उन्मुख गर्न खोजेको बताउनुभयो ।

कसिनाले परिवार र प्रमुख सरोकारवालालाई सशक्तिकरण गरेर, युवाका लागि अनलाइन स्पेसको जानकारी दिएको बताउनसभयो । रासस/सिन्ह्वा

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्