गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद


 


काठमाडौं, चैत २६ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार उनीहरुबीच चैत ७ गते सम्बन्ध विच्छेद भएको हो ।

अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको फैसला गरेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।

दुई वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचाले तीन वर्षअघि बिहे गरेका थिए । निशान ुनेपाल आइडलु बाट चर्चामा आएका गायक हुन् भने ऋचाले केही भिडिओमा मोडलिङ गरेकी छन् ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्