सुटिङका क्रममा भिरबाट लडेर अभिनेत्री तिमिल्सिना घाइते


 


फिल्म ञद्रौपदीझ सुटिङका क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् ।

डोल्पामा सुटिङ गर्नेक्रममा मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् ।

उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

उनका अनुसार तिमिल्सिनाको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । अहिले उनको स्वास्थ्य स्थिति खतरामुक्त छ । कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्