आज चैत २९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल ।

मेष स् अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। यात्रा सफल हुने दिन छ।

वृष स् लगानी गर्नका लागि केही दिन कुर्नु राम्रो हुन्छ। कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ।

मिथुन स् राम्रो सोच बनाएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ।

कर्कट स् दैनिक काममा प्रगति हुनेछ। धार्मिक कार्यमा मन जानेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ। कर्मक्षेत्रमा मेहनत बढी गर्नुपर्ने दिन छ।

सिंह स् प्रेम सम्बन्ध सुखमय बन्नेछ। एउटा कुराबाट दोहोरो लाभ प्राप्त हुनसक्छ। श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा राम्रो उन्नति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्या स् खर्च बढ्ने दिन छ। लगानीका क्षेत्र सबल छन्। तपाईंको विदेश यात्राको बाटो खुल्नेछ। शिक्षामा फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला स् शेयरमा फाइदा हुनेछ। चर्को प्रतिस्पर्धाको लाभ तपाईंको हातमा पर्नेछ। मित्रको साथ मिल्नेछ। विरोध साम्य हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक स् नयाँ कामको सुरुवात गर्नुपर्ने दिन हो। शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइबाट सहकार्य हुनसक्छ। वैदेशिक क्षेत्रमा भने ठगबाट जोगिनुपर्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

धनु स् श्रमको उचित मूल्यांक हुनेछछ। अचानक राम्रो खबर सुन्ने योग छ। लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर स् व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। निर्णय क्षमता कमजोर हुँदा समस्या आइपर्न सक्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछन्। सामाजिक क्षेत्रमा भने विवादका स्वर सुन्नुपर्ने दिन छ।

कुम्भ स् रोजगारीको नयाँ अवसर सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट भने सुख र शान्ति मिल्नेछ। सजिलैसँग अरुको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

मीन स् धार्मिक कार्यमा मन जानेछ। नसोचेका व्यक्तिले सहयोग गर्नेछन्। समान लिंगीसँग भन्दा विपरित लिंगीसँग गरेको सहकार्यले फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग राम्रो रहनेछ।

ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलधजबतकबउउ कजबचष्लन दगततयल

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्