दुर्घटनामा दुईजनाको मृत्यु


 


झापा,  पुस २१

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झापाको चारपाने सडकखन्डमा विहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे१च ३११५ नम्बरको बोलेरो कार आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारकाक्रममा बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्