दुर्घटनामा बालकको मृत्यु



कञ्चनपुर (सप्तरी), पुस २१

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२ख ६१८० नंको मालबाहक ट्रकको ठक्करबाट आज दिउँसो खोजपुर गाविसको खर्चैया चोकमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पङ्चरा गाविस–९ बस्ने लक्ष्मण रामका सात वर्षीय छोरा अर्जुनकुमार राम रहेका छन् ।

स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । आक्रोशित उनीहरुले ट्रक तोडफोड गरी पूर्वपश्चिम लोकमार्ग ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News