१७ जना दोषी पक्राउ


 


धनकुटा , पुस २३

जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ । २०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका १७ जना फरार दोषीलाई प्रहरीले पक्रेको हो ।

२० दिनका बीचमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी सार्वजनिक अपराधमा दोषी ठहर भएका पाँच जना छन् भने कुटपिट, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दाका दुई÷दुई र ठगी मुद्दाका एक जना छन् ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्