गायक रवि ओड चार दिनदेखि प्रहरी थुनामा


 


धनगढी । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओड पक्राउ परेका छन् ।

वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्