बन क्षेत्रबाट अबैंध ढुंगा निकासी गर्ने आधा दर्जन ट्याक्टर पक्राउ


 


उदयपुर, २४  पुस
उदयपुरको बेल्टारबसाहा नगरपालिकाको माडीबास खोला आसपासको वन क्षेत्रबाट अबैंधरुपमा ढुंगा उत्खनन तथा निकासी गरेको अवस्थामा सेक्टर बन कार्यालय सुन्दरपुरले आज (आईतबार) आधा दर्जन ट्याक्टरहरु पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

स १ त ४७९८, को २ त १३२८, ना ३ त १२३३, स १ त ५५७९, स १ त २५२३ र स १ त ४४६४ नम्बरको ट्याक्टरहरुलाई बन क्षेत्रबाट पक्राउ गरिएको सेक्टर बन कार्यालय प्रमूख उपसचिव शंकरप्रसाद गुप्ताले बताउनुभयो ।

बन क्षेत्रबाट मनपरीरुमा ढुंगा उत्खनन् तथा निकासी गरेको पाईएकोले बन गस्तीटोलीले ती ट्याक्टरहरु र चालकहरुलाई पक्राउ गरी नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो । ट्याक्टरहरु सेक्टर बनकै नियन्त्रणमा छ भने चालकहरुलाई जिल्ला वन कार्यालय चलान गरिएको उहाँले बताउनुभयो ।

जिल्ला विकास समिति उदयपुरको ठेक्काको नाम लिदै ठेकेदार फर्म भावना सप्लायर्स, बेल्टारले तोकेको ठाउँभन्दा बाहिरको बनक्षेत्र र निजि जग्गाहरुको ढुंगासमेत उत्खनन् र विक्री निकासी गर्दै आएको स्थानीयको ब्यापक जनगुनासो रहदै आएको छ ।

ठेकेदारले मनपरीरुपमा उत्खनन् तथा निकासी गरेपनि सम्बन्धीत निकायहरु जिल्ला विकास समिति, वन कार्यालय र प्रहरी प्रशासनबाट नियन्त्रण नगरिएको जनगुनासो बढेको थियो ।

जिल्ला वन कार्यालय उदयपुरका प्रमूख बन अधिकृत श्रीप्रसाद बरालले बन क्षेत्रको अबैध ढुंगा निकासी गर्ने आधा दर्जन ट्याक्टरहरु पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्