मलेसियामा नेपालीको मृत्यु


 


पाल्पा, पुस २५

स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिए ।

शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्