अमेरिकी अवार्ड नेपाली विद्यार्थीलाई


 


काठमाडौं, पुस २५

नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौं, बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन् ।

सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छन् । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।

काठमाडौं युनिभर्सिटी हाइस्कुल धुलिखेल (काभ्रे)बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेकी थिइन् । उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बीएस्सी गरेकी छन् ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्