बलिउड अभिनेता शाहरुख अस्पताल भर्ना


 


काठमाडौँ, जेठ १० । बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् ।

शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ । शाहरुखलाई डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ ।

शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्