ओपेनिङ ब्याटिङ पहिलो रोजाइ हो, तर जुनसुकै पोजिसनमा खेल्न सक्छु


 


नेपाली क्रिकेट टिमका युवा खेलाडीहरुमा आश लाग्दा खेलाडीहरुकाे अग्रपंक्तिमा नाम आउने खेलाडी हुन सुनिल धमला । लगभग ४ वर्ष अगाडी देखि नेपाली क्रिकेटमा उदाएको यो नाम अहिले सबै क्रिकेटप्रेमीको मन मस्तिष्कमा रहने गरेको छ ।

दायाँहाते ब्याटस्मेन तथा दायाँहाते अफ स्पिन बलिङ गर्ने अलराउन्डर उनलाइ सबैले आशाबादी नजरले हेर्ने गरेका छन कि भविष्यमा सुनिल धमलाले राष्ट्रको नाम चम्काउने छन ।

७/८ बर्सको कलिलो उमेर बाटनै क्रिकेट खेल्न शुरु गरेका धमला ले २०७० सालमा धनगढीबाट क्रिकेट खेल्दै गर्दा पहिलो पटक क्षेत्रीय छनोट प्रतियोगिताको लागि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेका थिए। उक्त प्रतियोगीता मार्फत क्षेत्र नम्बर ९ को युथ १९ को टोलिमा छानिएका धमलाले युथ १९ राष्ट्रिय प्रतियोगितामा आफ्नो कौशलता देखाएपछि उनी राष्ट्रिय युथ १९ टोलिमा स्थान बनाउदै युथ १९ एशिया कप मार्फत अन्तर्राष्टिय खेलमा पाइला राखेका थिए।

उक्त प्रतियोगितामा पाकिस्तान बिरुद्द ३९ रनको इनिङ खेलेपछी धमला चर्चित बन्दै गए। त्यसपछी युथ १९ बिश्व्कपको एशियाली छनोट ए सि सि प्रिमियर लिग मार्फत दमदार प्रदर्शन गर्दै युथ १९ बिश्वकपको ग्लोबल क्वालिफायरमा आयरल्यान्ड बिरुद्द सानदार पारी खेलेका धमला युथ १९ बिश्वकपको लागि टिममा पर्दै बिश्वकपको अनुभव समेत बटुलिसकेका खेलाडी हुन।

राष्ट्रिय प्रतियोगिताहरुमा गतिलो प्रदर्शन गर्दै आएका सुनिल धमला हाल काठमाडौंमा जारी दोस्रो रुस्लान कप प्रतियोगिताको अघिल्लो संस्करणको बेस्ट ब्याटस्मेन अफ दि टुर्नामेन्ट पनि हुन।

आफ्नो मेहनतले राम्रो प्रदर्शन गरेका सुनिल धमला राष्ट्रिय टिमको लागि पटक पटक क्लोज क्याम्पमा पर्दै पछिल्लोपटक विश्व लिग च्याम्पियनसीपको लागि नेदरल्यान्ड बिरुद्दको खेलमा १४ जनाको टोलिमा पर्न सफल भएका थिए। यद्यपि उनले अहिले सम्म राष्ट्रिय टोलिमा प्लेयिङ ११ भित्र पर्न सकेका छैनन।

नेपाल पुलिस क्लबमा आवद्ध भएपछि त्यही क्लब मार्फत राष्ट्रिय प्रतियोगिता खेल्दै आएका धमला इ पि एल मा सगरमाथा लिजेन्डस बाट खेल्ने गर्छन भने आगामी धनगढी पृमियर लिगको लागि कन्चनपुर आइकोनिक्स टिमको लागि ८० हजार मा अनुबन्धित भएका छन।

अघिल्लो वर्षहरुमा हुने डि पि एल को पुरानो संस्करण धनगढी क्रिकेट लिगमा सन्तोसी टोलबाट प्रतिनिधित्व गरेका थिए । प्रतिभाका धनी सुनिल धमलालाइ खेलबाट पछाडी फर्कन नपरोस भनेर नेपालको प्रतिष्ठित ब्यापारिक समूह सिप्रदी ग्रुपले २ वर्षकाे प्रायोजन समेत गरेको छ।

जस अनुसार उनले मासिक २० हजार तथा खेलसामाग्री पाउनेछन। यिनै सुनिल धमला सँग देशकाेन्युज डटकमका लागि खिलाराज नेपालले उनको खेल अनुभवको बारेमा गरेको संवाद ;

क्रिकेट फिल्डमा कसरी आउनुभयो? के कुराले यता लाग्न प्रेरित गरायो ?

मलाइ सानैदेखी क्रिकेट खेल्न मन पर्थ्यो। टि भि मा या मैदानमै क्रीकेट खेलेको हेरेर आफै यतातिर आकर्सित भएको हुँ।

कहिलेदेखि ब्याट समात्न थाल्नुभयो?

लगभग ७-८ वर्षका उमेरमा तर यकिन नै मिति चै भुले ।

खेलाडी नै बन्छु भनेर कहिले बाट लाग्नुभयो ?

म जब क्रिकेट खेल्न शुरु गरे त्यसपछि पछाडी फर्केर हेरेको छैन । खेलाडी बन्ने नबन्ने भन्दापनि मैले राम्रो क्रिकेट खेल्नुपर्छ भन्ने कुरा मात्रै मनमा थियो। खेल्दै गएपछि अहिले यो स्टेजसम्म पुग्दैछु। र, अझै धेरै माथी जानछ।

सुरूवाती दिनमा कत्तिको संघर्ष गर्नुभयो ? छोटकरीमा बताइ दिनुस न

संघर्ष त निकै गरियो,जसको लागि मैले निकै मेहनत लगाए। मलाइ जसरी पनि राम्रो गर्छु भन्ने थियो त्यसैले धेरै नै मेहनत गरेको छु।

तपाईं अल राउन्डर भुमिकामा खेल्नु हुन्छ, तर आजकाल बलिङ भन्दा ब्याटिङ तिर आफुलाइ ढाल्न लाग्नु भएको हो ?

म एज अ ब्याटस्मेन अलिक बढी ब्याटिङमै अभ्यासमा ध्यान दिनु पर्छ । बलिङ मेरो पार्ट टाईम जस्तै हो।

उसो भए सुनिल धमलालाई बलिङ गर्दै गरेको देख्न पाइन्न त ?

त्यसो होइन म ब्याटिङ बलिङ दुबैमा रम्न सक्छु, अहिले पनि पार्ट टाईम गरिरहेकै छु र राम्रो होस भन्ने नै छ । र, यसको लागि मिहिनेत पनि गरिरहेकै छु। तर टिमको अावश्यकता हेरि कहिले गरिन्छ कहिले गरिन्न अलग कुरा हो ।

मैदानमा जब सुनिल धमला आउँछ सवैले धमला को हमला भन्दै तपाइबाट बिस्फोटक ब्याटिङ को अपेक्षा गरेका हुन्छन, तपाईं आफै भन्नू पर्दा कस्तो खालको ब्याटिङ रुचाउनु हुन्छ ?

मेरो नेचुरल गेम भनेको आक्रामक र रक्षात्मक हो । म आफ्नो शट खेल्न रुचाउछु, तर अवस्था हेरी आफूलाइ त्यही अनुरुप ढाल्नुपर्ने हुन्छ। यसर्थ म जुनसुकै अवस्थामा नी खेलमा रमिरहेकै हुन्छु ।

स्ट्राइक रोटेडमा अलि ध्यान नदिएको र बाउन्ड्रि लाई मात्र फोकस गरेको भन्ने कुरा नि यदा कदा सुनिन्छ ,मैदानमा दर्शक बाट यसबारे के भन्नुहुन्छ ?

ओपेनिङ गरेपछी सिङ्गल अप्सन पनि हुन्छ तर देखिन्न, विकेट बचाउने जिम्मेवारी पनि हुन्छ। यसर्थ खेलमा यस्तो हुन सक्छ।

राष्ट्रिय टिममा परिसके पनि आज सम्म कुनै म्याचमा डेब्यु गर्नु भएको छैन , यो पोजिसनको कारण कि? सुनिल धमला जुनै पोजिसन मा नि ब्याटिङ गर्न सक्दैन र ?

मलाइ त्यस्तो लाग्दैन । धेरै कुरा सिक्न बाँकी पनि छ । ब्याटस्मेनले जुनसुकै पोजिसनमा नि ब्याटिङ गर्न सक्नुपर्छ ।ओपेनिङ मेरो पहिलो रोजाइ हो तर अन्य पोजिसनमा भए पनि म राम्रो गर्न सक्छु भन्ने लाग्छ।

एउटा राम्रो खेलाडी बेन्चमा बसेर अनुभव बटुल्न पर्याप्त होला त ?

आज बेन्चमा बसे पनि भोलि पक्कै मैदानमा छिर्नेछ । पोजिटिभ सोच्नुपर्छ टिमको आवश्यकता अनुसार नै बेन्चमा वा मैदानभित्र हुने कुरा निर्धारण गर्दछ।

नेदरल्यान्डसँगको टिममा परेपनि बेन्चमै रहनु भयो, अब केन्यासँगको खेलको लागि तयार हुनुहुन्छ मैदान भित्रको लागी ?

म पहिले पनि तयार नै थिए र अहिलेपनी तयार नै छु, कन्फिडेन्ट लेभल पनि बढेको छ हेराैं के हुन्छ ।

तपाइलाइ लामो इनिङ खेल्न सक्ने ब्याटस्मेन को रुपमा हेरिन्छ, तर एकनासको प्रदर्शन देखिन्न कहानिर चुक्नुहुन्छ ?

खेल्दै जादा कमजोरी पत्ता लाग्दै जान्छ । धेरै कुराहरु छन मैले सुधार गर्नपर्ने। जो मैदानभित्र नै देखिन्छ।

पुलिस क्लबमा आबद्द हुनुहुन्छ, नियमित अभ्यास त गरिरहनु भएको छ होला ?

धेरै अभ्यास मात्र भन्दापनी म्याच खेल्दा नै इम्प्रुभ हुन्छ र कमजोरी हटाउँदै जान सकिन्छ । त्यहाँ नियमित अभ्यास त हुन्छ तथापी प्रोफेसनल ट्रेनिङको खाचो छ।

अहिलेको योङ प्लेयर्सहरु मध्ये सबैभन्दा बढी समर्थक तपाइकै छन, कस्तो फिल गर्नुहुन्छ ? अनि केही सन्देश दिन चाहनुहुन्छ ?

समर्थकहरुको माया देखेर खुसि लाग्छ, उँहाहरुले माया गरिदिनुहुन्छ र नै खेल्ने उर्जा भरिएको छ । म सबैलाइ एकमुष्ट धन्यवाद भन्न चाहन्छु, यसैगरी सपोर्ट गरिदिनुहोला। तपाइको सपोर्टले नै नेपाली क्रिकेट माथिल्लाे लेभलमा पुग्नेछ।

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्