कोशी सरकार गठनविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने


 


काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

तर, एक न्यायाधीशको एकपटक र दुई न्यायाधीशको इजलासमा दुईपटक पेसी तोकिए पनि सुनुवाइ नै पूर्ण इजलासमा परेको छ ।

कोशी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै न्यायाधीशद्वयको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्