रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज, खनालसहित चार जना आकांक्षी
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढीमा हुँदैछ ।
कैलालीको धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान ११ बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
रास्वपाको प्रदेश सभापतिका लागि हाल चार जना आकांक्षि रहेका छन् । जसमा वर्तमान सभापति प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, सञ्चार उद्यमी डा. जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्ये आकांक्षि रहेका छन् ।
आकांक्षि चार जना मध्य वर्तमान प्रदेश प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।
केपी खनाल रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् । यता सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाईनै दोहो¥याउने योजना बनाएको छ ।
प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार
















