भारतबाट आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज स्वदेश फर्किंदै छन् ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन गएका प्रचण्ड स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन् ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्