मुख्यमन्त्री पाण्डेको परीक्षा आज


 


पोखरा । गण्डकी प्रदेशमा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिने भएका छन्।

१६ जेठमा सर्वोच्च अदालतको परमादेशले संविधान धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्ति भएका हुन्।

मुख्यमन्त्री नियुक्तिको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीबमोजिम उनले सोमबार दिउँसो ३ बजे बस्ने संसद् बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्दैछन्। उनलाई विश्वासको मत मिल्ने वा नमिल्ने भन्ने यकिन छैन। किनभने उनको दल कांग्रेसका २७ सांसद मात्र छन्। उनलाई राप्रपाका २ सांसद, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले साथ दिने विश्वास छ। यति भयो भने ३० जनाको साथ मिल्नेछ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ चाहिन्छ। माओवादीबाट चुनाव जितेका नेपाल समाजवादीका सांसद फडिन्द्र देवकोटाले फ्लोरक्रस गर्ने आकलन छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्