सवारी दुर्घटनामा तीन जनाको मृत्यु



इटहरी, माघ १

सुनसरीको पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१ नंको बसले को२९ख ५५३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी–५ का कान्छा तामाङ तथा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु भएका तेस्रो व्यक्तिको सनाखत हुन सकेको छैन ।

सनाखत हुन नसकेका व्यक्ति मोटरसाइकलमा सवार थिए वा सडकयात्री भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News