१ सय ३ वर्षमा बिहे, बेहुली ९१ वर्षकी


 


सय वर्ष भन्दा बढि उमेर सम्म त कमैमात्र मान्छे बाँच्दछन् । बाँचेकामध्ये पनि धेरैजसो रोग र असक्तताले गलेका हुन्छन् र उठबस र हिँडडुल गर्न पनि धौ धौ पर्छ । तर यो आम मान्यता र यथार्थलाई चुनौति दिँदै एकजना पुरुषले १ सय ३ वर्षको उमेरमा बिहे गरेका छन् ।

डाँडापारीको जून बनेका ती वृद्धले कति उमेरकी बेहुली भित्राए होलान् त ? साँच्ची उमेर नपाकेकी युवती पाउने त कुरै भएन । हो, उनकी बेहुली बनेर भित्रिएकी महिला पनि उमेरले नब्बे कटेकी छिन् ।

बेलायतमा यी नवविवाहित सबैभन्दा वृद्ध जोडीहरु अहिले चर्चामा छन् । बेहुला १ सय ३ वर्षका जर्ज किर्बी र बेहुली ९१ वर्षकी डेरिन ल्युकीबीच पछिल्लो २७ वर्षयता प्रेम सम्बन्ध चलिरहेको रहेछ ।

अन्ततः उमेरले पूरै नेटो काट्न थालेपछि यी दुइले बिहे गर्ने निधो गरे । यी बेहुला बेहुलीको संयुक्त उमेर १ सय ९४ वर्ष छ । बेहुला जर्ज आफ्नो जवानीमा बक्सिङ खेलाडि थिए ।

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्