इलाम सेवा समाज कतारको दोस्रो बार्षिकोत्सव सम्पन्न


 


गरिब तथा जेहन्दार बिद्यार्थीलाई सहयोग गरिने
दोहा, माघ ४

इलाम सेवा समाज दोहा कतारले आफ्नो दोस्रो बार्षिकोत्सव बनभोज कार्यक्रम गर्दै शुक्रवारको सम्पन्न गरेको छ। कार्यक्रमबाट संकलित रकम बर्षका उत्कृष्ट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा कार्यसमिति सदस्य लेखु काफ्लेको गजलसगै आमन्त्रितको स्वागत गरिएको थियो। गैर आवासिय नेपाली संघ एन आर एन ए आइसिसी कतारका सदस्य बिनोद भट्टराई प्रमुख अथिति रहनु भएको कार्यक्रममा एनआरएनए एनसिसि कतारका कोषाध्यक्ष भेषराज पराजुलि ई.से.स दोहा कतारका निवर्तमान सल्लाहकार दिलकिरण खजुम साथै नेपाललाई विश्व सामु चिनाउन तथा सगरमाथा नेपालमा पर्छ र भगवान गौतम बुद्ध नेपालमा जन्मिएका थिए भन्दै २००४ बाट विश्व साईकल यात्रामा निस्किएका लोकबन्धु कार्की र जनार्दन खनाल बिशेष अथिति थिए ।

साथै विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारिहरु, दोहाबासी इलामेली तथा गैर इलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका महासचिब प्रेम सागर सुबेदीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक तथा संस्थाको प्रथम उपाध्यक्ष रेनु कार्कीले आफुले गरेको मेहनतले सार्थकता पाएको बताउदै ईलामेलि दाजुभाई तथा दिदीबहिनीहरुको उल्लासमय उपस्थितिको कारण गर्वले आफ्नो छाति चौडा भएको बताइन ।

ईलामेलीहरुले नै हो ईलाम सेवा समाजलाई फलाउने, फुलाउने र सबल बनाउने दोहा बासि हरेक ईलामेलीहरु यो संस्थामा आफ्नो घर सम्झेर आउनु पर्ने तथा आगामि २ बर्ष भित्र ईलामबासीलाई नेपाल फर्कने वातावरण ईलाम सेवा समाजले श्रृजना गर्ने भन्दै ईलामको बिशेषतामा प्रकाश पार्दै पुर्णरुपले ईलाम समेटिएको (मेरो ईलाम) शिर्सकको कविताले कार्यसमिति सदस्य कर्ण बहादुर लिम्बुले सबैको मनमा ईलाम रोपेका थिए।

हरेक ईलामेलीहरुले आफु भित्र ईलाम बोकेर हिडेको भन्दै पहाडकि रानी भनेर चिनिने ईलाम एक पटक आउनुस स्विजर्ल्याण्ड जानू पर्दैन भन्दै संस्थाका सल्लाहकार सदस्य तिलबिक्रम थेबेले छुट्टिमा घर गएको बेला ईलाम घुम्न सबैलाई निमन्त्रणा गरेका थिए ।

आफ्नो सन्तानलाईझैं माया गरेर सहि सल्लाह सुझाव तथा अतुलनिय सहयोग गर्दै आएका ई.से.स. दोहा कतारका निवर्तमान सल्लाहकार तथा समाजसेवि दिल किरण खजुमले ११ जनाको सानो संगठन दुई बर्षको अवधिमा विशाल रुप लिएकोमा खुशी ब्यक्त गरे ।

साथै राज्यले गर्नु पर्ने दायित्व ई. से.स. दोहा कतारले पूरा गरेको भन्दै निस्वार्थ सामाजिक सेवामा तल्लिन ईलाम सेवा समाजलाई उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिएका थिए ।

महिला समाज सेवि श्रीमति अमिना खानले एउटि महिलाको हिम्मतले ईलाम सेवा समाज दोहा कतार यतिको मौलाउन सक्छ भने हामी त्यहि बाटोमा किन नलाग्ने ? भन्दै उपाध्यक्ष श्रीमति रेनु कार्कीको प्रशम्शा गर्दै दोहाबासि महिलाहरुलाई खुलेर सामाजिक कार्यमा लाग्न आग्रह समेत गरेकी थिइन ।

बिशेष अथिति भेषराज पराजुलिले ईलाम जस्तै सुन्दर मनका धनि ईलामेलिहरुको संस्था ई.से.स. दोहा कतार हमेशा मानविय तथा आर्थिक सामाजिक सहयोगहरुमा अब्बल रहेको भनि प्रसंसा गर्दै निरन्तरताको शुभकामना दिएका थिए ।

प्रमुख अथिति बिनोद भट्टराईले पछिल्लो समयमा दर्ता गरिएको यो संस्था छोटो समयमानै यहाँका पुराना संस्थाको दाँजोमा पुगेको बताएका थिए । साथै संस्थाको आगामि बर्षमा छात्रवृत्ति प्रदान गर्ने लक्ष अत्यान्तै राम्रो भएको भन्दै संस्था हरेक आफ्नो काम र लक्ष पूरा गर्दै अगाडि जाओस् भनि शुभकामना समेत दिएका थिए ।

विश्व साईकलयात्री लोकबन्धु कार्कीले सन २००४ देखि हाल सम्म १३४ राष्ट्र घुमि १३५औं राष्ट्रको रुपमा कतार पुग्दा यस्तो पबित्र कार्यक्रमको संयोग परेकोमा खुसी ब्यक्त गरेका थिए। ईलामेलीहरुको तर्फबाट यात्रा सफलताको कामना गर्दै उनलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।

साथै सम्पूर्ण वक्ताहरुले प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ईलाम नघुमि नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई एक पटक ईलाम घुम्न आग्रह गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।कार्यक्रमको शिलशिलामै

ई.से.स. कतारका सदस्य तथा ईलामेली कलाकार श्री भरत केसीको मारुनी नाँच साथै सुश्री लिना आचार्य सँगको ड्युवेल नाँचले दर्सकहरुलाई समेत छमछम नचाएका थिए।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्