भाेजपुरमा मृग मार्न खाेज्दा साथी मार्ने मदन पक्राउ


 


भाेजपुर, माघ ६

मृग ठानेर गाेली चलाउँदा अाफ्नै साथीकाे मृत्यु भएपछि भाेजपुरमा एक जना प्रकाउ परेका छन् । दाेभाने गाविस ८ का ४७ बर्षिय मदनबहादुर रार्इ प्रकाउ परेका हुन् ।

गत पुस २६ गते बेलुका दाेभानेकाे पेस्जा जंगलमा सिकार खेल्ने क्रममा मृग जस्ताे ठानी बन्दुक चलाउँदा अाफ्नै साथी याेगेन्द्र रार्इकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनिहरू दुबै जना पुस २३ गते जंगलमा काठ काट्न गएका थिए ।

याेगेन्द्र लामाे समयसम्म घर नगएपछि परिवार तथा प्रहरीले खाेजतलास गरेकाे थियाे । रार्इकाे शव उक्त जंगलमा माघ १ गते फेला परेकाे थियाे ।

घटनास्थलबाट दुर्इ थान भरूवा बन्दुक समेत बरामद भएकाे छ भने घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्