राप्रपामा साढे चारलाख साधारण सदस्य


 


काठमाडौं ,माघ ६

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकभर करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर वितरण गरिएको साधारण सदस्यताको सङख्यो साढे चार लाख पुगेको हो ।

महाधिवेशनका लागी राप्रपाले सदस्यता वितरण गरेको हो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी रहेको राप्रपाका प्रवत्ता राजाराम रुेष्ठले जानकारी दिएका छन ।

ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने उनले बताए । यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ ।

आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्