भाेजपुरमा टिपरले किचेर एक जनाको मृत्यु



भोजपुर, माघ ६

भोजपुरको जरायोटार ३ मा बुधबार सहचालकले चलाएको टिपरले किचेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमश्री क्रशर उद्योगको बा २ क १०८५ नम्बरको टिपरका चालक भोजपुरको याकु १ बिर्ता बस्ने टेकबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ढुङा लोड गर्नका लागी सहचालक दशरथ कटुवालले टिपर ब्याक गर्दा पछाडी उभिएका भुजेललाई किचेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चालक भुजेललाई उपचारका लागि धरान तर्फ लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी चौकी जरायोटारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News