नेपाली छोरी तेरिया भारतीय ‘झलक दिखला जा’मा विजयी



एजेन्सी, माघ ७

नेपाली डान्सर तेरिया मगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा: लिटिल मास्टर’को नवौं सिजनको फाइनल जितेकी छिन्।

सलमान युसुफ र शान्तनु माहेश्वरीसँगजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे उनले यो उपाधि जितेकी हुन्। यसअघि टेरिया डान्स इन्डिया डान्स, २०१४ की विजेता पनि हुन्।

रुद्रपुर, रुपन्देहीकी १४ वर्षीया तेरिया हाल मुम्बईको सेन्ट लरेन्स हाइस्कुलमा कक्षा ८ मा पढ्छिन्। बम्बईकी छात्रा तेरिया मोडर्न डान्समा पारङ्गत छिन्।

भर्सटाइल डान्सर बन्न चाहना राख्ने तेरिया पढाइमा पनि जेहेन्दार छिन्। फाइनल नजिकिँदै जाँदा टेरियाले जजहरुबाट प्रस्तुति झन् झन् राम्रो भएको प्रतिक्रिया पाएकी थिइन्।

जुलाइ, २०१६ मा सुरु भएको प्रतियोगिताका लागि पुरुष र महिला गरी १२ जोडी डान्सरहरु छनौट भएका थिए। तेरियासहित ५ जना जुनियर डान्सले अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए।

एकपछि अर्को उपाधि जितेकी टेरिया सानै उमेरमा अन्तर्राष्ट्रिय ख्याति पाउने नेपाली हुन्। फाइनल प्रतियोगिताका लागि भोट माग्न संसारभरका नेपाली सक्रिय बनेका थिए। नेपालीहरुको तेरियालाई जिताऔं अभियान सफल भएको छ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘झलक दिखला जा’को विजेताले ३० लाख भारतीय रुपिया तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्ने जनाइएको छ। प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज रहेका थिए।

उनले फाइनलमा डिआइडी सिजन १ र झलक दिखला जाकै पूर्वविजेता सलमान युसुफ खान तथा वर्ल्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वरीलाई हराउन सफल भएकी हुन्। प्रतियोगिताको विजेताको आधिकारिक घोषणा कलर्स टिभीले भोलि शनिबार मात्रै सार्वजनिक गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News