Deshko News
९ आश्विन २०८०, मंगलबार

सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्र लिन सकिने



काठमाडौँ, माघ ९

यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु गर्दैछ। दुई दिनअघि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उद्घाटन गरेका थिए।

कार्यालयले सेवा विस्तार गरी आइतबारदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गर्न लागेको हो। अब सुकेधाराबाट चालक अनुमतिपत्र नवीकरण गर्न र ट्रायल सेन्टर खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने छ।

यसअघि विभागले काठमाडौंको स्वयम्भू नजिक पर्ने ठूलोभर्‍याङ र भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम थालेको थियो। एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई थप तीन ठाउँमा विस्तार गरिएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउने विश्वास गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेवा विस्तार गरिएका कार्यालयमा नयाँ ट्रायल सेन्टर खोलिने जनाएको छ। अहिले मोटरसाइकलको ट्रायल यातायात व्यवस्था विभाग मीनभवनमा र कारको ट्रायल नेसनल ट्रेडिङ रामशाहपथमा हुँदै आएको छ।

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News