न्युरो अस्पतालमा तोडफोड



काठमाडौँ, माघ ९

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई कुटपिट गरेका छन् । नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको बताइएको छ ।

घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबाट त्रस्त बनेको अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको जनाएको छ । सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको दावी अस्पतालको छ ।

त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ । सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताएका छन् । उता, बिरामीका आफन्तले भने अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News