दुर्घटनामा एक जनाको मृत्यु



झापा, माघ ९

पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।  दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते राईको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ठक्कर भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News