देशलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक छ -नेपाल



कास्की, माघ १०

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन ।

नेपालले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचन सम्बन्धी कानुन पारित गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताए । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले अनेकौं बाहनामा निर्वाचनलाई सार्ने चालबाजी भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

संविधान संशोधन मधेसी आम जनताको माग नभएको नेपालको दावी छ । संविधान संशोधनलाई विफल पार्ने एक तिहाइ सांसदको संख्या विपक्षीसँग सुरक्षित रहेकाले प्रस्ताव कुनै हालतमा पास नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News