शहीद सप्ताह सुरु



काठमाडौं , माघ १०

आजदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउदै आएको छ । राणा शासनको विरोधमा उत्रिएको भन्दै तत्कालिन राणा सरकारले विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।

शहीद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । यस्तै माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी शहीदको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News