स्वास्थ्य केन्द्रलाई बाणिज्य बैकले दियो कम्बल


 


निरोज कोइराला
भोजपुर, माघ १०
राष्ट्रिय बाणिज्य बैक भोजपुरले सदरमुकाम देखि दक्षिणमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारलाई सोमवार कम्वल सहयोग गरेको छ ।

बैकको ५२ औ बार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरुका लागि ५ थान कम्वल सहयोग गरिएको राष्ट्रिय बाणिज्य बैक भोजपुरका शाखा प्रवन्धक उमेश नेपालले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा प्रवन्धक नेपालले जिल्ला स्वास्थय कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजु श्रेष्ठलाई ५ थान कम्वल घोरेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका लागि हस्तान्तरण गरेका हुन ।

सो क्रममा प्रवन्धक नेपालले स्वास्थ्य उपचारमा आउने बिरामीलाई केही राहत होस भन्ने उद्धेश्यले कम्वल हस्तानतरण गरिएको बताए । थौरे भए पनि राहत होस भनेर हामीले यो सहयोग गरेका हौ । प्रवन्धक नेपालले भने ।

दक्षिणी क्षेत्रको स्वास्थ्य संस्थाकोरुपमा रहेको घोरेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई बैकले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै निमित्त स्वास्थ्य प्रमुखले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्