१५ वटा जिल्ला अस्पतालमा को–को अस्पताल विकास समितिको अध्यक्ष छानिए ?


 


निरोज कोइराला
भोजपुर, १० माघ
स्वास्थ्य मन्त्रालयले १५ वटा जिल्ला अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्ति गरेको छ । मुलुक भरमा रहेका ८७ अस्पताल विकास समिति मध्ये अघिल्लो निर्णयमा २९ वटा र यस पटक थप १५ जना अध्यक्ष नियुक्ति भएका हुन ।

जस अनुसार जिल्ला अस्पताल भोजपुरको अस्पताल बिकास समितिको अध्यक्षमा गजेन्द्रबहादुर कार्की नियुक्त भएका छन । अन्य अस्पततालहरुमा पनि क्रमिकरुपमा अध्यक्षहरु नियुक्ति हुदै जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले शुक्रवारको मितिमा १५ अस्पतालमा अध्यक्ष नियुक्त गरेका हुन्। लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो ।

अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि मन्त्रालयले नियुक्तिको मापदण्ड बनाएको थियो । अहिले नियुक्त गरिएका अस्पताल बिकास समितिका अध्यक्षहरुमा काठमाडौंमा रहेका केन्द्रीय अस्पतालदेखि, अञ्चल अस्पताल र जिल्ला अस्पतालसम्म रहेका छन ।

काठमाडौंमा रहेको केन्द्रीय अस्पताल कान्ति बाल अस्पतालमा सुबोध राज आचार्य अध्यक्ष भएका छन्। नारायणी उप–क्षेत्रीय अस्पताल, विरगंन्ज,पर्सामा विनोद कुमार गुप्ता, लुम्बिनी अन्चल अस्पताल, वुटवल, रुपन्देहीमा रमेश खनाल, गजेन्द्र नारायण सिंह सगरमाथा अन्चल अस्पताल राजविराज, सप्तरीमा डा.चिरन्जिवि लाल देव, अध्यक्षमा मनोनित भएका छन ।

त्यसैगरि तौलीहवा अस्पताल, तौलिहवा कपिलबस्तुमा रुद्र बहादुर गैरे, फाप्लु अस्पताल, फाप्लु, सोलुखुम्बुमा हुत्तराज बस्नेत, डोटी अस्पताल, डोटीमा सोपानसिह बोहरा, भिम अस्पताल, भैरहवा, रुपन्देहीमा विशेस्वर प्रसाद बस्याल, मंगलसेन अस्पताल, अछाममा यादव पसाद भटराई, मनाङ अस्पताल, मनाङमा मिङमार ढोमा लामा, उदयपुर अस्पताल, उदयपुरमा राकेश खत्री, लाहान अस्पताल, लाहान, सिरहामा फुलेश्वर महतो, जलेश्वर अस्पताल, जलेश्वर ,महोत्तरीमा राज कुमार सिंह, दैलेख अस्पताल, दैलेखमा बास्ना थापा अध्यक्षमा नियुक्त भएका छन्।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्