भोजपुरमा ७ सय ८४ जेष्ठ नागरिकले लिए परिचयपत्र
भोजपुर, माघ १२
भोजपुरमा सात सय ८४ जनाले जेष्ठ नागरिकको परिचयपत्र लिएका छन् । महिला तथा बालबालिका कार्यलय भोजपुरको तथ्याङ्ग अनुसार हालसम्म महिला चार सय १ र पुरुष तीन सय ८३ गरी सात सय ८४ जनाले जेष्ठ नागरीकको परिचयपत्र लिएको महिला विकास कार्यलयका सुचना अधिकारी राधिका गौतमले जानकारी दिनुभयो ।
६० वर्ष पुरा भएका वृद्ध वृद्धालाई सरकारी सेवा सुविधाबाट बञ्चित नहोस् भन्ने उद्धेश्यले महिला विकास कार्यलय भोजपुरले गत आर्थिक वर्षको माघ १० गतेबाट हरेक दिन परिचय पत्र दिदैं आएको थियो ।
कार्यलयले मंसिर महिना भने प्रत्येक महिनाको १ गतेदेखी ५ गतेसम्म मात्र जेष्ठ नागरीकको परिचयपत्र दिने जनाएको छ । जेष्ठ नागरीकको परिचय पत्रका लागी नागरीकताको फोटोकपी, दुई प्रति फोटो र सम्बन्धीत व्यक्तिको आवेदन माग गरिएको छ ।