त्रियुगा नगरपालिकामा पहिलोपटक नगर प्रहरी परिचालन



गाईघाट (उदयपुर), माघ १३

त्रियुगा नगरपालिकाले आफ्नै मातहतमा नगर प्रहरी नियुक्ति गरेर परिचालन गरेको छ । नगरपालिकाभित्रको फोहर व्यवस्थापन, सवारी आवागमन व्यवस्थापन र नगर गस्तीका लागि पहिलोपटक नगर प्रहरी नियुक्त गरेर परिचालन गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत भानुक्त न्यौपोनेले बताउनुभएको छ ।

नगरपालिकालाई स्थानीय स्वायत्तता ऐनअन्तर्गत नगर प्रहरी तथा सुरक्षागार्ड राख्न र परिचालन गर्न पाउने अधिकार रहेको छ । ढिलै भए पनि यो कार्य आफूले त्रियुगा नगरपालिकामा थालनी गरेको अधिकृत न्यौपानेले बताउनुभयो ।

हाललाई पाँचजना नगर प्रहरी नियुक्त गरिएको छ । नगरपालिका स्थापना भएको १८ वर्षपछि नगर प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News