धनकुटाको बेलहारामा विमानस्थल बनाइने



धनकुटा, माघ १३
धनकुटाको बेलहारामा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि मात्र कामले गति लिने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै निर्माणको बाटो खुलेको हो ।

बेलहारामा विमानस्थल निर्माण गर्न गरिएको सर्वेक्षणमा उपयुक्त देखिए पनि मन्त्रालयको सैद्धान्तिक सहमति नहुुँदा निर्माण कार्य रोकिएको थियो ।

प्रधानमन्त्री कार्यालयले विशेष चासो दिएपछि मात्रै नागरिक उड्ययन प्राधिकरणले थप काम अगाडि बढाएको धनकुटाका पूर्वसांसद हेमराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News