चलचित्र संघको अध्यक्षमा प्रदिप



काठमाडाैं, माघ १४

नेपाल चलचित्र संघको नयाँ नेतृत्वमा वितरक तथा निर्माता प्रदिपकुमार उदय निर्वाचित भएका छन्। उनलाई हेटौडामा सम्पन्न ४४ साधारण सभाले संघको अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो। संघ हल तथा फिल्म वितरकहरूको छाता संगठन हो।

साधारणसंभाले १३ सदस्यको पनि चयन गर्‍यो। मंगलवार संघले नयाँ कार्यसमतिका लागि सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन, अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल प्रसाद दुवा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य तथा ओम जैसी निर्वाचित गर्‍यो।

त्यस्तै संघको पूर्वाञ्चल क्षेत्त सभापतिमा चैतन्य बराल र सचिवमा परशुराम चौधरी चयन भए । नव निर्वाचित अध्यक्ष उदयले बैशाख पछि नेतृत्व सम्हाल्ने छन्।संघका वर्षतमान अध्यक्ष नकिम उद्दिन हुन्। संघको नयाँ जिम्मेवारी बाँडफाड नेतृत्व हस्तानतरण पछि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News