एन सी सी कोरियामा सहमतिको नेतृत्व आवश्यक


 


shankar basnet
शंकर बस्नेत

नेपाली सम्पर्क समिति (एन सी सी) दक्षिण कोरियाको नया नेतृत्वको विषयमा अहिले कोरियामा बहस चलिरहेको छ । एन सि सि को यस्तो चुनौती पुर्ण अवस्थामा संस्थाको नेतृत्व लिनु सजिलो कुरा होईन । अहिलेको अवस्थामा एन सीसीको विगतको कमि कमजोरीहरुलाई सच्चाएर यसलाई नया उचाईमा पु¥याउनु जरुरी छ ।
मैले एन सी सीको नेतृत्व लिने सोच संस्थाको आमुल परिवर्तनको लागि हो ।
१.एन सी सी मा सबैको सहभागिता : एन सी सी लाई सबैको साझा संस्था र छाता संस्था बनाउन सबै संघ संस्था र नेपाली समुदायलाई यसमा सहभागि गराउनु पर्छ ।
२.सहमतिको नेतृत्व : एन सी सी भित्र अहिले सहमतिको विषय प्रमुख रुपमा उठिरहेको छ । एन सी सीको अहिलेको अवस्थामा सबैले विगतको अवस्थाबाट पाठ सिकेर सहमति गर्नुको विकल्प छैन । यसमा हामीले एक ठाउमा बसेर सामुहिक टिम बनाएर जादा राम्रो हुन्छ ।
३.परोपकार कोष : एन सि सि नेपाली मजदुरहरुको साझा संस्थाको रुपमा विकास भएको हो । केही कमिजोरीको वावजुत कोरियामा रहेका ७० भन्दा बढि संघ संस्थाको छाता संगठनको रुपमा रहेको एन सि सि लाई उचाईमा पु¥याउन हामीले योगदान दिन जरुरी छ ।
यसको लागि म आफै पनि एक महिनाको तलब दिएर अभियानको शुरुवात गर्न तयार छु । सबै भन्दा ठुलो कुरा हामी सबै यसको लागि तयार हुनु पर्दछ ।
४ आत्महत्या लगायत मजदुरको समस्या : पछिल्लो समय कोरियामा आत्महत्या , सुतेको ठाउमा मृत्यु जस्ता समस्याहरु बढिरहेका छन । कम्पनीमा काम गर्दा विभिन्न प्रकारका समस्या पनि भोग्दै आउनु परेको छ । यसलाई दुतावासले पनि समाधान गर्न नसकेको हुदा हामीले मिलेर काम गर्नुपर्दछ ।
५ क्षेत्रीय समितिको पुर्नगठन र विस्तार : पछिल्लो समय कोरियामा रहेका क्षेत्रीय समितिहरु हाल निश्किृय छन । मैले पुराना कार्यसमितिसंग कुरा गरेर यसलाई पुर्नगठन र विस्तार गर्ने विषयमा छलफल गरेको छु । साथीहरुमा केही निराशा रहेको भएपनि यसलाई उत्साहमा बदलेर कोरियाका विभिन्न ठाउमा संगठनको शाखा विस्तार गर्नुपर्छ ।
६. अनुभवलाई संगठनको हितमा प्रयोग गर्ने : म एन सि सि मा कोरिया आएदेखि नै सक्रिय छु । संस्थामा २००८ मा कार्यसमिति सदस्य भएपछि म यसमा अझ नजिक भए । २०१० मा उपाध्यक्ष र अध्यक्ष डेविट राई नेपाल गएपछि कार्यवाहक अध्यक्ष पनि बने । त्यसबेला हामीले संगठनलाई सक्षम बनाउने आधार पनि तयार गरेका थियौं । कार्यक्रम गर्दा समेत आफैले निर्णय गर्नसक्ने अवस्थामा सम्म एन सि सि पुग्न लागको अवस्था हो । एन सि सि संस्था भित्रको विगत र वर्तमानलाई नजिक बाट देखेको छु । यसको कारण संस्थालाई अगाडि बढाउन सक्ने आधारहरु देखेको हुदा संस्थालाई अगाडि बढाउन मैरा अनुभवहरु काम लाग्ने छन भन्ने विश्वास लिएको छु ।
७.एन सि सि चुनौती : दक्षिण कोरियामा रहेका मजदुर , विधार्थी ,महिला व्यवसायी लगायत धेरैको विभिन्न संघ संस्थामा आवद्द रहेको अवस्था छ । यसको एक मात्र छाता संगठन एन सि सि भएको हुदा यसले नेपालीहरुको विकासमा प्रत्यक्ष असर पार्दछ । कोरियामा ईपिएस मजदुर ,महिला , विधार्थी तथा विभिन्न संघ संस्थाका कार्यक्रम र अभियान सफल पार्नुपर्ने ,भुकम्प ,वाढिपिडित ,पहिरो जस्ता कारणहरुमा हामीले गर्न सक्ने धेरै कामहरु छन ।
८.मर्स र अधिवेशनको चिन्ता : कोरियामा रहेका २१ संगठन सहित विभिन्न नेपाली समुदायले मर्स रोगको कारण अधिवेशन गर्न नसकिने बताईरहेका छन । उनीहरुको भावना समेत कदर गर्नको लागि हामीले सहमतिमा नेतृत्व चयन गर्नैपर्छ । यसको लागि सामाजिक संस्था एन सि सि को नेतृत्व र पदाधिकारी बन्न ईच्छुक सबै साथीहरु एक ठाउमा बसौं र सामुहिक नेतृत्व बनाएर यहाँको नेपालीहरु माझ जाऔं यसले २८ गते नेपालीहरुको विशाल सहभागिता गर्नुपर्ने हामी विचको दवावलाई केही कम गर्छ भने सहमतिले एन सी सी प्रति नेपाली समुदायको विश्वासलाई बढाउछ ।
९.सबल एन सि सि अहिलेको आवश्यकता : नेपाली सम्पर्क समितिको बारेमा पछिल्लो समय धेरै प्रकारका विचारहरु वाहिर आईरहेका छन । विभिन्न मिडियाहरुमा यसका सुधार गर्नु पर्ने लगायत कमि कमजोरी सहितका आधारहरु आएका छन । सबैको विचारलाई सम्मान गर्दै अबको नेतृत्वले कोरियाका सम्पुर्ण संघ संस्थाको सामुहिक अन्तरक्रिया गरेर एन सि सि को अबको आधार तयार गर्नुपर्छ । यसो गर्दा एन सि सि मा सबैले आफ्नो सुझाव दिन पाउछन । अहिले धेरै संघ संस्थाले आफुहरुलाई वेवास्ता नगर्न र सामुहिक रुपमा एन सि सि लाई बढाउन अनुरोध गरिरहेका छन । सहमतिमा नेतृत्व चयन गरेको खण्डमा सबै संघ संस्थाहरुलाई एकै ठाउमा राखेर सामुहिक रुपमा संस्थालाई बढाउनु अहिलेको आवश्यकता हो । एक्लै र जवरजस्तीमा काम गरेर सफल हुन सक्दैन भन्ने विगतको अनुभवबाट हामीले आत्मआलोचना गरेर पाठ सिक्नुपर्दछ ।
संस्था भित्रको अहिलेको विभिन्न प्रकारका समस्याहरु छन । यसलाई हामी सबैले एकजुट भएर समाधान गर्न सक्छौं । एन सि सिलाई अगाडि बनाउने धेरै आधारहरु छन यसलाई यो र त्यो भनेर जानुभन्दा सामुहिक रुपमा नेपाली संघ संस्थाहरुले साझा उदेश्य वोकेर अगाडि बढनुपर्छ ।
यसर्थ हामीले सहमतिको लागि प्रयास गरौं । कोरियामा रहेका नेपालीहरुको भावनाको कदर गर्दै एन सि सि लाई अगाडि बढाउन कोरियामा रहेका विभिन्न संघ संस्था , प्रतिनिधि र नेपाली समुदायमा हार्दिक अनुरोध गर्र्दछु ।
लेखक एन सी सी दक्षिण कोरियाका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्