दुबर्इमा रहेका नेपालीहरूलार्इ खुसिको खबर : नेपाली सुरक्षागार्डको तलब बढ्याे



युएर्इ, माघ १४

दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् । नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् ।

‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ ।

साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम दिनु पर्नेछ । दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

‘हामी राम्रो गुणस्तर चाहन्छौं र सुरक्षा गार्डहरुलाई दुबईमा गर्व गर्ने बनाउँछौं । तर, उद्योगहरुलाई समय दिनुपर्छ, उनले भने ।

२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलवमान समयमै लागू हुन सकेन ।

आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्‍याइएको थियो । सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको बताए ।

सन् २०२० अघि नै दुबर्इको सुरक्षा मापदण्डलाई नयाँ उचाईमा पुर्‍याउन सुरक्षा पुर्वाधारहरु पनि अपग्रेड गर्ने कार्य भइरहेको द नेशनल पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News