बालबालिका माथि हुने घटनाहरु ब्यवस्थापन गरिने


 


भोजपुर, माघ १४

बालबालिकाहरु माथि हुने बिभिन्न घटनाहरु भोजपुरमा ब्यवस्थापन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा भोजपुर सदरमुकाममा भएको तीन दिने घटना ब्यवस्थापन कार्यप्रवाह सम्वन्धी तालिम पश्चात जिल्लामा हुने सवै खालका बालबालिकासँग सम्वन्धित घटनाहरु ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो ।

तालिमका सहभागि जिल्ला बाल सञ्जालका अध्यक्ष लक्ष्मण चौहान तीन दिनको तालिम उपलब्धी मुलक भएकाले त्यसक्रममा सिकेका ज्ञानहरु बाल हिंसा अन्त्यमा प्रयोग गरिनु पर्ने बताउँछन ।

बाल अधिकार, मनोबैज्ञानिक समबेदना, बालबालिकाको घटना अभिलेख विषयमा तालिम प्रदान गरिएको जिल्ला बालकल्याण समितिका सदस्य तथा पत्रकार निरोज कोइरालाले बताए । उनका अनुसार तालिमको सहजीकरण बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारी र बाल अधिकार श्रोत व्यक्ति उत्तम खड्काले गरेका थिए ।

सो तीन दिने तालिममा पांचा, रानिबास गाविस र बोखिमका गाउँ बाल संरक्षक,जिल्ला बाल कल्याण समितिका सदस्य, सामुदायिक महिला प्रहरी र महिला बिकास कार्यालयका कर्मचारी गरी ३० जनाको सहभागीता रहेको थियो ।

सो तालिम समापनमा बौल्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष अर्जुनकुमार शर्माले तालिम उपलब्धी मुलक रहेकाले तालिमका सहभागिले ज्ञान र सिपलाई तल्लो स्तरसम्म पु¥याएर बाल हिंसा न्युनीकरणमा सहयोग पु¥याउनु पर्ने बताए । उनले बालबालिका माथि हुने हरेक प्रकारका घटनाहरु ब्यवस्थापन हुनु जरुरी रहेको बताए ।

भोजपुरका स्थानिय बिकास अधिकारी सीता परियारले बालबालिकासँग सम्वन्धित कार्यक्रममा स्थानिय निकायहरुले पनि भुमिका निर्वाह गर्ने गरेको बताइन ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्