यमबुद्धको शव नेपाल ल्याइयो, आजै दाहसंस्कार गरिँदै



काठमाडाैं, माघ १५

यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए ।

परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट ल्याइएको हो । परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिनेछ । र, पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

२९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News