होजियारी तालिम सुरू


 


अर्जुन दुङमाली राई
पौवादुङमा, (भोजपुर) माघ १५
जिल्लाको सानोदुम्मा गाविसमा उनी धागोको विभिन्न पहिरनहरु बनाउने होजियारी तालिम–कार्यशालाको उद्घाटन शुरुवात भएको छ । अढाइ महिना अवधि सम्म चल्ने उक्त तालिम कार्यशाला स्थानीय विसौनी महिला बचत तथा ऋण सहकारी संस्थादरा सानोदुम्मा–८ स्थित महिला भवनमा सञ्चालन गर्न लागिएको छ ।

सानोदुम्मा गाविसको आ.व. २०७३÷७४ सालको बजेटबाट विनियोजन गरिएको रु. १ लाख आर्थिक अनुदान सहयोग र सहकारीको थप लगानीमा उक्त तालिम सञ्चालन हुन लागेको हो ।

अनुदान सहयोगबाट प्रशिक्षक पारिश्रामिक, आवश्यक उपकरण र कच्चा पदार्थहरुको व्यवस्थापन गरीने साथै सहभागीहरुलाई पूर्ण रुपमा निःशुल्क तथा भत्ताको समेत व्यवस्था गरिएको छैन । स्थानीय महिलाहरु स्वरोजगार भइ आय आर्जनमा टेवा मिलोस भन्ने मुख्य उदेश्यका साथ तालिम सञ्चालन गर्न लागिएको जानकारी सहकारी संस्थाका व्यवस्थापक पत्रित्रा भूजेलले दिइन ।

तालिममा सानोदुम्माका हरेक वडाहरुको प्रतिनीधित्व हुने गरी वडा नं.–१ का दिपिका राई र शान्त राई त्यसैगरी वडा नं.२ देखि ९ सम्मका क्रमशः शर्मिला राई, सेमकला राई, सरु राई, शान्ति कार्की, संगिता तामाङ, भीमकुमारी तामाङ, सुष्मा राई र सविना राई गरी जम्मा दश जना महिलाहरुको सहभागीता गराइएको छ । सहभागीहरुको छनौट गर्दा आर्थिक रुपले विपन्न तथा विवाहिता महिलाहरुलाई प्राथमिकता दिइएको तालिम आयोजकहरुद्वारा बताइएको छ ।

अढाइ महिनाको तालिम अवधिमा सहभागीहरुलाई चार प्रकारको स्वेटर, दूइ प्रकारको मफलर, तीन प्रकारको टोपी र तीन प्रकारकै मोजा बनाउने सीप सिकाउने लक्ष्य राखिएको छ । सहभागीहरुको दक्षताको आधारमा अन्य पहिरनहरुको थप सीपहरु समेत सिकाउन सकिने जानकारी प्रशिक्षक नविना कार्कीले बताइन ।

विसौनी महिला साकोस, सानोदुम्मामा आधा दशक अघि स्थापना भइ महिलाहरुको आर्थिक, सामाजिक स्तर विकास एवम् महिला सशक्तिकरणमा महत्वपूर्ण प्रयास गर्दै आएको संस्थाको रुपमा रहेको छ । हरेक संस्थाहरुले आफ्नो सेवाक्षेत्रहरुमा यसरी नै रुपान्तरण को प्रयास गर्दै अघि बढ्न सकेमा पछि परीरहेका हाम्रा समुदाय–समाजमा रुपान्तरणको मार्ग प्रशस्त हुनेछ ।

प्रकाशित मिति: १५ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्