कतारमा एक नेपालीको मृत्यु


 


रुकुम, माघ १५

रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो ।शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।

दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्