भोजपुरमा छ जना कुष्ठरोगीका बिरामी



एन.के.
भोजपुर, १६ माघ

पूर्वी पहाडी जिल्ला भोजपुरमा छ जना कुष्ठरोगीका बिरामी देखिएका छन । बिश्व कुष्ठरोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आइतवार जिल्लामा क्रियाशिल पत्रकारसँग गरको अन्तरक्रियाका क्रममा भोजपुरमा २०७० साल यता ११ जना कुष्ठरोगीका बिरामी देखा परेका भए पनि हाल छ जना मात्र उपचारमा रहेको जानकारी दिइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य निरीक्षक बिनोद मिश्रका अनुसार जिल्लाको आम्तेक गाविसमा दुई जना कुष्ठरोगको औषधी सेवन गरी रहेका छन ।

यसैगरी जिल्ला कै हेलौछा, नेपालेडाँडा, तुंगेछा र बोया गाविसमा १÷१ जना कुष्ठरोगका बिरामी देखा परेका छन । उनीहरु पनि नियमितरुपमा स्थानिय स्वास्थ्य संस्थामा औघधी सेवन गरी रहेको जनस्वासथ्य निरीक्षक मिश्रले बताए ।

जिल्लामा कुष्ठरोगीको संख्या बढन नदिनका लागि परीक्षणका साथै गाउँ गाउँमा जनचेतनामुलक कार्यक्रम संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुष्णबहादुर मिजारले बताएका छन । प्रमुख मिजारका अनुसार कम सर्ने कुष्ठरोगीका लागि ६ महिना र बढी सर्ने कुष्ठरोगीका लागि एक बर्ष र्औघधी सेवन गर्नु पर्ने हुन्छ ।

कुष्ठरोगले छाला र स्नायुमा बढी असर गर्नुका साथै अंग भंग समेत हुने भएकाले सवै सचेत बन्नु पर्ने सोक्रममा डाक्टर रमेश तामाङ्गले जानकारी दिए । सोक्रममा जिल्लास्थित पत्रकारहरुले कुष्ठरोग नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News