अब मैयुङ महोत्सब, आउनुस् है घुम्न


 


काठमाडाैं, माघ १६

भाेजपुरकाे पर्यटकियस्थल मैयुङ डाँडामा महाेत्सब हुने भएकाे छ । भाेजपुर र खाेटाङकाे सिमावर्ती क्षेत्र मैयुङ डाँडामा अागामी बैशाख १ देखी ३ गतेसम्म महाेत्स हुन लागेकाे हाे ।

महाेत्सबकाे बारेमा तिम्मा सरोकार समाज काठमाण्डौले यहाँ छलफल समेत चलाउन सुरू गरेकाे छ ।  शनिबार आयोजित मैयुङ हास पोखरी महोत्सब २०७४ बिषयक अन्तरक्रियात्मक बिचार गोष्ठिमा पूर्ब अर्थ मन्त्री शंकर प्रसाद काेइराला, भाेजपुरका सांसदहरू तारादेवी राई, जयन्ती राई लगायत खोटाङ र भाेजपुर जिल्लाका बिभिन्न राजनितीज्ञ, समाजसेबी, तथा ब्यबसायी लगायतकाकाे  उपस्थिति थियो ।

कार्यक्रममा तिम्मा सरोकार समाज काठमाण्डौका सचिब तथा भोजपुरे गायक श्याम सामसोङ राईद्धारा मैयुङ हास पोखरी महोत्सब २०७४ बिषयमा महोत्सबको उद्देश्य र कार्यक्रमहरु लगायत यस क्षेत्रको अल्पकालिन तथा दीर्घकालिन योजनाहरु सहितको आफनो अबधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अबधारणा पत्रमा उपस्थित सबैले आ आफनो तर्फबाट टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्ब अर्थ मंत्री शंकरप्रसाद कोइरालाले यस क्षेत्रमा पर्यटन बिकासका लागि तीन वटा ए अर्थात एकसेस, एकटिभिटिज तथा एकोमन्डेशनलाई ध्यान दिनु पर्ने सुझाव दिनुका साथै महोत्सवले भोजपुर जिल्लाको पर्यटन बिकासमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नाे सुझाव दिँदै भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले महोत्सब सम्पूर्ण भोजपुर तथा खोटाङ जिल्लाको प्रतिष्ठा र इज्जत संग जोडिएका कारण यसलाई हामी सबैले साथ र सहयोग दिनु पर्नेमा जोड दिनुभयो ।

साथै मैयुुङ क्षेत्रका चौरी पालनलाई निरन्तरता दिनका लागि उनीहरुलाई प्रोत्साहन दिने खालको कार्यक्रमहरु लैजानु पर्नेमा बिशेष जोड दिनु पर्ने बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमबाट महोत्सबमा प्रस्तुत गरिने बिभिन्न घोषणाहरु मैयुुङ क्षेत्रका जैबिक बिबिधताको संरक्षण गरौ, मैयुुङ लाली गुरास पदमार्गको घोषणा गरौ, भिलेज टुरिजमको लागि होम स्टे सञ्चालन गरौ भन्ने ३ बुदे घोषणा पत्र समेत तयार गरिएको छ ।

कार्यक्रममा दावाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले यस क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्नका निमित्त नेपाल पर्यटन बोर्ड ट्रेकिङ एजेन्स एसोसिएशन अफ नेपाल (टान) सँग सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तिम्मा सरोकार समाज काठमाण्डौका अध्यक्ष रुद्र प्रसाद राईले महोत्सब सम्पूर्ण भोजपुर तथा खोटाङ जिल्लाको साझा कार्यक्रम भएको कारण सबैको तर्फ बाट सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा माननीय तारा राई जयन्ती राई सोटाङ सेवा समाजका अध्यक्ष राकेश राई बोयाली समाजका अध्यक्ष हरि के राई छिनामखु सरोकार समाजका अध्याक्ष अनिल राई नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य हरि राई लगायतले आफनो सुझाव तथा बिचार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्