भाेजपुर परिवार दक्षिण काेरियामा नयाँ कार्य समिति चयन


 


दक्षिण काेरिया, माघ १६

दक्षिण काेरियामा रहेका भाेजपुरेहरूकाे संस्था भाेजपुर परिवार दक्षिण काेरियामा नउाँ कार्य समिति चयन भएकाे छ । गणेश अाले मगरकाे नेतृत्वमा १५ सदस्यिय नयाँ कार्य समिति चयन भएकाे हाे ।

समितिकाे बरिष्ठ उपाध्यक्षमा दिपकजंग थापा, उपाध्यक्ष भुपाल थापा, महासचिव धिरेन्द्र पुलामी, सचिवद्य उमेश रार्इ, शुभद्रा रार्इ, र काेषाध्यक्षमा चन्द्रबहादुर पुलामी चयन भएका हुन् ।

त्यस्तै कार्य समिति सदस्यहरूमा भलामान पुलामी, सुमन्त मगर, युवराज कार्की, बिक्रम रार्इ, डिबी रार्इ, गाेबिन्द विक, तुलसी गिरी र टेकनाथ खत्री चयन भएका हुन् ।

याे राेजगारीका लागि भाेजपुरबाट दक्षिण काेरियामा रहेका भाेजपुरेहरूले स्थापना गरेकाे संस्था हाे । काेरियामा रहेका भाेजपुरे तथा भाेजपुर जिल्लामा दुःख, पीडाका घटनामा अार्थिक सहयाेग गर्दे अाएकाे छ भने अन्य जिल्लाका मानविय घटनामा पनि साथ दिदै अाएकाे छ । यसअघि संस्थाकाे अध्यक्षमा गाेविन्द मगर थिए ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्